एक अर्ब बढी आर्थिक चलखेल गरेको भन्दै हिमालयन रि-ईन्स्योरेन्स विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाईसेन्स वितरण प्रकृयामा १ अर्ब बढी आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।बिहीबार पाँच विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले भित्र कै माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स रद्ध गर्न माग गर्दै उजुरी हालेको बताएका छन् ।

उजुरीमा लाईसेन्स प्रकरणमा संलग्नहरुलाई छानविन र आवश्यक कारवाहीको गर्न माग गरिएको छ । उजुरीमा हिमालयन रिलाई नै लाइसेन्स दिने गरि छनौटका मापदण्ड तयार पारेको र त्यसमा एक अर्ब भन्दा बढी आर्थिक चलखेल गरेको आरोप उजुरी पत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..