म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख निकालियो, दुई पक्राउ

काठमाडौं । काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ झिकेको पाइएको छ । प्रहरीले उक्त घटनामा संलग्न सोलुखुम्बु र पर्सा घर भई काठमाडौँ भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र सावित्री गुरुङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको विभिन्न एटीएम मेसिनबाट रकम निकालेको अनुसन्धानमा खुल्न आएको छ ।

उनीहरुले झिकेको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ फेला पारेको प्रहरीको भनाइ छ । साथै, उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..