ट्राफिक प्रहरी भिआइपीको सुरक्षा तथा बढिभन्दा बढि राजस्व संकलन व्यस्त

रोहित कुमार मण्डल

सप्तरी । बढ्दो शहरीक्षेत्र संगै बृद्धि भएको सवारी साधनको उचित व्यवसथापन हुन नसक्दा सप्तरीको सुरङ्घा नगर पालिका कदमाहा, कुशहाको यातायात अस्त व्यस्त बनेको छ ।


अस्थाई ट्राफिक प्रहरी चेक पोष्ट कदमाहा सप्तरीले जथाभावी रोकि राख्ने सवारी साधनको व्यवस्थापन गर्न नसक्दा कदमाहा तथा कुशहाको सौन्दर्य नै बिग्रको छ । ट्राफिक प्रहरीले चेक पोष्ट कदमाहाँमा गर्ने ड्युटी र भिआइपीको सवारीमा सडक खुल्ला गर्ने काम भन्दा बाहेकका अतिरितm कार्यक्रम गर्न नसक्दा बजार क्षेत्रको राजर्मागमा हुने भिड भाडले ट्राफिक व्यवस्थापन अस्व्यत बनाएको छ ।


सडक किनारमै राखिएका ठेलागाडा, मानिसहरुको जथाभावी आवतजावत, छाडा छोरिएका चौपाया, व्यापारीहरुले थुपारेको सरसमान र जथाभावी गरिएको पार्किङ गर्दा सुरङ्घा नगरपालि कुशहा तथा कदमाहाँ क्षेत्रको सौन्दर्य बिगारेका छन् । अनियन्त्रित र अव्यवस्थित बजार क्षेत्रले गर्दा दुर्घटना समेत निम्त्याउने गरेको छ ।

ट्राफिक व्यवस्थापनको निम्ति कदमाहामा ट्राफिक प्रहरी परिचाल गरिएको भए पनि ट्राफिक प्रहरीहरु चेक पोष्टमा मात्रै सीमित रहने गरेका छन् । पोष्टमा बसेर जनघनत्व र सवारीसाधनको चाप रहेको शहरी क्षेत्रको उचित व्यवस्थापन हुदैन । सवारी साधनको चाप तथा शहरी क्षेत्रको दुरीलाई मध्यनजर गरि २ देखि ४ जना ट्राफिक प्रहरी परिचालन भए मात्रै यस क्षेत्रको यातायात व्यवस्थापन हुने मकालु बुकिङ्घ काउन्टर लहानका जुगुत यादव बताउँछन् ।


कदमाहाँ ट्राफिक प्रहरी चेक पोष्टको दिनचर्या भनेको सवारी साधनको चेकजाँच गर्नु तथा बढिभन्दा बढि जरिवना तिराएर राजस्व संकलन गर्नु मात्रै हो त स्थानियवासीको कथन रहेको छ । स्रोतले भने– कदमाहा रुटमा चल्ने अधिकांश म्याजिक भ्यान ,सिटि सफारीहरुले नेपाल सरकारले तोकेको यातायात संम्बन्धि नियमको उल्घन गर्दै क्षमता भन्दा बढि यात्रु बोकेर सवारी साधान चलाउने गरेका छन् । यति मात्र होइन ,चालकको सवारी चालक अनुमति पत्र नभए पनि ट्राफिक प्रहरीलाई मासिक नजराना तिरेरे नियम विपरित सवारी चलाई रहे पनि ट्राफिक प्रहरी मौन रहेका छन् ।

नियम विपरीतका सवारीसाधनलाई जरिवाना तिराउने मापदण्ड नहुँदा ट्राफिक कार्यालय प्रमुखको निगाहमा जरिवाना तिराउने गरेका छन् । जरिवाना तिराउन कदमाहा अस्थाई ट्राफिक चेक पोष्ट कदमाहाका ट्राफिक प्रहरी प्रमुख टेक बहादुर बस्नेत, ट्राफिक प्रहरी हबल्दार संजय कुमार सिंह देखि ट्राफिक जवान सम्मको हप्की दप्की रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..