नेकपा प्रचण्ड नेपाल समूहको आज काठमाडौंमा शक्ति प्रदर्शन, अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गर्दै

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा माधव-प्रचण्ड समूह ) ले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर १२ बजे सुनधारामा मूल प्रदर्शन हुने नेकपाले जनाएको छ।

भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेर सुन्धारामा मुल प्रदर्शन हुने नेकपाले जनाएको छ। विरोध सभामा सहभागी हुन नेकपाले गाउँ-गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भए पनि प्रचण्ड–नेपाल समूहले आन्दोलन चर्काइरहेको छ। प्रधानमन्त्री ओली समूहले भने माघ २३ गते नारायणहिटी दरबार अगाडि सभा गरेर निर्वाचनमा जुट्न आह्वान गरेको थियो। ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो।

पार्टीको दुई समूहले आआफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिएका हुन्।

कसले कहाँको नेतृत्व गर्दैछन् ?

नेकपाको केन्द्रीय संघर्ष समितिका अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्नेछन्।

त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन्।

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन्।

केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले गर्नेछन्।

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्नेछन्।

काठमाडौंको ट्राफिक अस्तव्यस्त 


विभिन्न राजनीतिक दल र संघ/संस्थाले काठमाडौंमा गर्ने प्रदर्शन र विरोधसभाका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त हुँदै आएको छ। आजपनि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट केन्द्रीयस्तरका नेताहरूको नेतृत्वमा नेकपाले जुलुस निकाल्ने भएसँगै उक्त क्षेत्र भएर हिँड्ने सवारी ट्राफिक जाममा पर्ने भएका हुन्।

सन्धारामा मुल प्रदर्शन र रत्नपार्क-भृकुटीमण्डप सडकखण्डको मुख्य सडक नै थुनेर सभा गर्न लागिएपछि विशेषगरी टुँडीखेल वरिपरि र चक्रपथ भित्रको ट्राफिक प्रभावित हुने भएको हो।

ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थान सार्वजनिक भएकाले ट्राफिकका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..