अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख एवं आयुक्तहरूको कार्यविभाजन गरिएकाे छ ।विभिन्न मन्त्रालय हेर्ने गरी पदाधिकारीहरूको जिम्मेवारी निर्धारण गरिएकाे हाे ।

आयोगकाे ३१औँ वार्षिकोत्सवको अवसर पारेर सबै आयुक्तलाई महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालय पर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
प्रमुख आयुक्त प्रेमकुमार राईले गृह, रक्षा र सुरक्षा निकायको तथा अर्थ, पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेसनको जिम्मा लिएका छन् ।


आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा, न्याय र कानुनसम्बन्धी तथा सहरी विकासलगायत मन्त्रालयको जिम्मेवारी परेको छ। यस्तै आयोगमा प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद रिसाललाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..