गलत कामको टिप्पणी गर्दा गणतन्त्र र राष्ट्रपति पदको अपमान हुँदैन – नेतृ झाँक्री

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने केपी ओली सरकारविरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनुपर्ने बताएकी छिन् ।

नेकपाले बागलुङमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रपतिले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम गरेपछि टीकाटिप्पणी हुनु नौलो नभएको नेतृ झाँक्रीको भनाइ थियो । कार्यक्रममा उनले पटक–पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर जनताको आवाजमात्रै बोलेको बताइन् ।

उनले राजाको निरंकुशताविरुद्ध लडेको पुस्ताले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार जनतालाई सुरक्षित भएको पनि बताइन् ।

‘दस वर्ष अघि राजाविरुद्ध लड्दा टाउको फोडेकोलाई निरंकुश प्रधानमन्त्री र उनकै गुटको राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध बोल्न फेरि रोक्ने रु’ गलत कामको टिप्पणी गरेर गणतन्त्र र राष्ट्रपति पदको अपमान नभएको उनले बताइन् । गणतन्त्रका लागि टाउको फोडेकालाई लाभको पद पाए भनेर हेपिएको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..