गलत कामको टिप्पणी गर्दा गणतन्त्र र राष्ट्रपति पदको अपमान हुँदैन – नेतृ झाँक्री

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने केपी ओली सरकारविरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनुपर्ने बताएकी छिन् ।

नेकपाले बागलुङमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रपतिले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम गरेपछि टीकाटिप्पणी हुनु नौलो नभएको नेतृ झाँक्रीको भनाइ थियो । कार्यक्रममा उनले पटक–पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर जनताको आवाजमात्रै बोलेको बताइन् ।

उनले राजाको निरंकुशताविरुद्ध लडेको पुस्ताले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार जनतालाई सुरक्षित भएको पनि बताइन् ।

‘दस वर्ष अघि राजाविरुद्ध लड्दा टाउको फोडेकोलाई निरंकुश प्रधानमन्त्री र उनकै गुटको राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध बोल्न फेरि रोक्ने रु’ गलत कामको टिप्पणी गरेर गणतन्त्र र राष्ट्रपति पदको अपमान नभएको उनले बताइन् । गणतन्त्रका लागि टाउको फोडेकालाई लाभको पद पाए भनेर हेपिएको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..