प्रम ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी गराए मन्त्रिपरिषदको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबारको मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिनुभएको छ ।

मंगलबार निर्वाचन आयोगमा छलफल गरे लगत्तै प्रधानन्त्री ओली शीतलनिवास पुग्नु भएको थियो ।प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयबारे कुराकानी भएको स्रोतले बताएको छ ।

उता निर्वाचन आयोगलाई पनि प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी तीव्र बनाउन निर्देशन दिँदै पछिल्लो अवस्था बारेमा जानकारी लिनुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..