प्रमुख निर्वाचन आयुक्तसँग प्रम ओलीकाे एक घण्टा छलफल

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर महत्वपूर्ण छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली मध्यान्ह ११ः५० बजे आयोगमा पुग्नुभएको हो । उहाँले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेर बाहिरिनुभएकाे बताइएकाे छ ।

वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ ।

ओली र प्रचण्ड–नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन् । उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् । ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आयोग जान लागेको बताउँनु भएको छ ।

यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..