बोराले छोपेर ल्याईदै गरेको १ सय २१ केजी गाँजा उदयपुर प्रहरीको नियन्त्रणमा

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले हाल सम्मकै ठूलो परिणामा लागुऔषधि (गाँजा) नियन्त्रणमा लिएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर – ८ सानो दमार स्थित सिद्धिचरण राजमार्गमा बेतेनी तर्फबाट आउदै गरेको स १ च ८०४ नम्बरको बोलेरोमा अदुवाको बोराले छोपेर ल्याईदै गरेको अबस्थामा गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।


धनगढीमाई नगरपालिका १० जिरोमाइलका हस्त बहादुर पुलामी मगरका छोरा ४१ वर्षीय सन्त बहादुर मगरलाई एक सय २१ केजी गाँजा सहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीको विशेष टोलीले स्वीप अप्रेशन मार्फत गाँजा नियन्त्रणमा लिएको हो । यता त्रियुगा नगरपालिका ६ जलजलेबाट बिशेष प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल गरि ६३ एम्पुल र २ वटा सिरिन्ज सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरु त्रियुगा नगरपालिका १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ वर्षीय सागर चौधरी, सुनसरी इटहरी २ का २५ वर्षीय अभिषेक जैसवाल, त्रियुगा नगरपालिका १२ का १५ वर्षीय राजाराम भगत र त्रियुगा नगरपालिका ११ का २६ वर्षीय असिम राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) भिम बहादुर दाहालले जानकारी दिनु भयो ।

यता सोमबार राति त्रियुगा नगरपालिका ११ का २६ वर्षीय बालकुमार बुढाथोकीलाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका १२ का राजकुमार श्रेष्ठ र रुपा खड्काको घरबाट ल्यापटप, मोबाइल, सुन लगायतका सामाग्री सहित नियन्त्रणमा लिईएको हो ।

मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नियन्त्रणमा लिईकाहरुलाई चोरी तथा लागुऔषध ओसार पसार सम्बन्धित मुद्धा चलानी गरिने एसपी दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..