कंचनपुर । अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदी जिल्ला प्रहरी कार्यालय कंचनपुरमा २ माघबाट कमान्ड सम्हाले । सिरहा कार्यरत रहँदा वा सिआईबीमा रहँदा विभिन्न अप्रेसनको लागि पूर्व आउँदा खुल्ला सिमाना कारण प्रदेश २ र १ मा हुने लागुऔषधको कारोबार प्रति चतुर्बेदी राम्रो सित जानकार थिए ।
कंचनपुर आउन साथ चतुर्बेदीले पहिलो प्राथमिकतामा भारतीय सीमाबाट भित्रने लागुऔषधको ‘मेन नेक्सस’ तोड्ने योजना बनाए ।चतुर्बेदी कंचनपुर आएको २५ दिन बितिसकेको थियो । यो बिचमा ठुल्ला साना तिना लागुऔषध प्रयोगकर्तादेखि कारोबारी धमाधम पक्राउ परिरहेका थिए । तर चतुर्बेदीलाई भइरहेको काम प्रति चित्त बुझिरहेको थिएन ।
केही ‘ठुलै गर्ने’ योजना बनाएका चतुर्बेदीले कंचनपुरमा लागुऔषध कारोबार गर्ने सबैको लिस्ट बोकेर बसेका थिए । चतुर्बेदीको लिस्टमा भारतमा बसेर नेपाल भित्र लागुऔषध छिराउने भारतीयदेखि कंचनपुर जिल्लाका विभिन्न नाकाबाट लागुऔषध नेपाल भित्राउने कारोबारीको लिस्ट उनीसँग थियो ।
त्यो लिस्ट मध्ये एउटा नाम थियो भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ बर्षीय सुच्चा सिंह ।

लामो समयदेखि लुकिछिपी नेपालमा लागूऔषध भित्र्याउने गिरोहका नाइके भारतीय युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले चेकजाँच गर्दा भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ बर्षीय सुच्चा सिंहलाई विशेष सुचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले अभियुक्त भारतीय नागरिक सिंहलाई यहाँको बेलौरी नगरपालिका–६ सुतियाबाट शंका लागेर जाँच गर्दा २० ग्राम ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको बताउनुभयो ।

“ प्रारम्भिक अनुसन्धानले भारतीय नागरिक सिंह सीमा क्षेत्रमा लागूऔषध सप्लाई गर्ने मुख्य व्यक्ति भएको देखिन्छ ।” एसपी चर्तुवेदीले भन्नुभयो–“ घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान हुदैछ ।” खैरोहिरोइन नेपाल पु¥याउने आएको मौकामा जिल्ला प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमलकुमार खड्काको नेतृत्वमा खटिएको सन्युक्त टोलीले सिंहलाई पक्राउ गरेको हो । केहीदिन अघि पनि बेलौरी क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा खैरोहिरोइन र ब्राउनसुगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।