कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा रहेका विद्यालयहरुमा लागुऔषधको असरबारे जनचेतनामूलक कार्यक्रम थालेको हो।
सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्वेदीले कञ्चनपुरको उल्टाखाम स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रणबारे जागरुप गरिएको बताए।


उनले लागुपदार्थको लतमा नलाग्न, लागेको लत छोड्ने, घरमा कसैले त्यस्तो सेवन गर्ने व्यक्ति भए त्यसलाई सम्झाई–बुझाई छोड्न, लागुपदार्थ ओसार–पसार जस्ता कार्यबाट टाढा रहने अथवा नगर्ने, गरेमा मानिसको जिवन नै बर्बाद हुने, यस्तो कार्यहरु कसैले गरेको देखेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने आदि कुरामा जोड दिनुभएको थियो ।
उनले अन्य विद्यालयहरुमा समेत कार्यक्रम गरिने बताए।