लागुऔषध विरुद्ध सचेत गराउँदै – कञ्चनपुर प्रहरी

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा रहेका विद्यालयहरुमा लागुऔषधको असरबारे जनचेतनामूलक कार्यक्रम थालेको हो।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्वेदीले कञ्चनपुरको उल्टाखाम स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रणबारे जागरुप गरिएको बताए।

उनले लागुपदार्थको लतमा नलाग्न, लागेको लत छोड्ने, घरमा कसैले त्यस्तो सेवन गर्ने व्यक्ति भए त्यसलाई सम्झाई–बुझाई छोड्न, लागुपदार्थ ओसार–पसार जस्ता कार्यबाट टाढा रहने अथवा नगर्ने, गरेमा मानिसको जिवन नै बर्बाद हुने, यस्तो कार्यहरु कसैले गरेको देखेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने आदि कुरामा जोड दिनुभएको थियो ।

उनले अन्य विद्यालयहरुमा समेत कार्यक्रम गरिने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..