प्रम ओलीनिकट युवासंघको भेलामा नाराबाजी र मुक्कामुक्की – पूर्वमन्त्री बस्नेतको योजना चकनाचुर

काठमाडौं । नेकपा ओली समूह निकट युवासंघले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएको छ । सोमबार ललितपुरको तुल्सीलाल अमात्य स्मृति भवनमा भएको ओली निकट युवासंघको भेलाले सिंहलाई अध्यक्षमा चयन गरी ५५ सदस्यीय पदाधिकारी चयन गरेको छ । दोस्रो पूर्ण बैठक भनिएको भेलाले ७ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । भेलाले महासचिवमा रमेशकुमार आचार्यलाई चयन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको बचाउमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भेला गर्दै माहौल बनाउन तल्लीन युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले युवासंघको अध्यक्ष किरण पौडेललाई बनाउन चाहेका थिए । तर उनको योजना पूरा हुन सकेन । उनको योजनामा भाँजो हाल्ने काममा भित्रीरुपमा रमेश पौडेललाई उचाल्ने काम गोकुल बाँस्कोटाले गरेका छन् । ओली गुटभित्रमहेश बस्नेत र बाँस्कोटाबीच बागमती प्रदेशको राजनीतिमा मारामार छ । त्यसको असर सोमबारको युवासंघको भेलामा परेको छ । महेश बस्नेतनिकट किरणलाई अध्यक्ष नबनाउन बाँस्कोटाहरुले नै रमेश पौडेल, रमेश आचार्यहरुलाई उचाल्ने काम गरेको आरोप छ ।

तत्कालीन एमाले निकट युवासंघका अध्यक्ष र पार्टी एकतापछिका सहसंयोजक रमेश पौडेल आफैं अध्यक्ष हुने दाउमा थिए । रमेश पौडेलका बिरुद्ध महेश बस्नेत निकट युवासंघका कार्यकर्ताहरुले भेलामै नाराबाजी गर्न थाले । जुन नाराबाजी किरण पौडेललाई अध्यक्ष बनाउने महेश बस्नेतको चाहनामा तुषारापात गर्ने कारक बन्यो । किरण पौडेल र बचनबहादुर सिंह दुई जनाबीच को अध्यक्ष हुने भन्ने तानातान चल्यो । तानातानमा रमेश पौडेल बीचमा आफू हुने दाउमा थिए । तर उनी नहुने भएपछि पौडेलले बचनबहादुर सिंहको नाम लिए । पौडेलले सिंहको नाम प्रस्ताव गरेपछि किरण पौडेल उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएका छन् ।

महेश बस्नेतले बचनबहादुर सिंह २०७८ जेठबाट ४० बर्ष उमेर पार गर्ने भएकाले त्यसपछि स्वतः अध्यक्ष हुने सम्झौता गरेको प्रचार गर्न थालेको छ । तर ओलीले अढाई बर्षमा प्रचण्डलाई प्रधानमन्त्री छाड्ने लिखित सम्झौता त पालना गरेनन्, बचन सिंहले मौखिक सम्झौता किन पालना गर्ने ? रमेश पौडेल निकट युवासंघका उपाध्यक्षले भने, त्यो सम्झौता लिखित नै भए पनि च्यातचुत हुन्छ ।

सोमबारको ओली निकट युवासंघको भेलामा किरण पौडेल र रमेश पौडेलका समर्थकबीच हात हालाहालकै स्थिति निम्तिएको थियो । ओली निकट युवासंघमा महेश बस्नेतको पकड कमजोर रहेको सोमबार उनी निकट किरण पौडेल अध्यक्ष हुन नसकेपछि छर्लङ्ग भएको छ । तत्कालीन एमाले निकट युवासंघमा किरण पौडेल उपाध्यक्ष थिए भने बचनबहादुर सिंह सचिव थिए । तर सचिव भए पनि सिंहले अध्यक्ष पड्काउन सफल भएका छन् ।

ओली निकट युवासंघको भेला गृहमन्त्री रामबहादुर थापा बादल निकट युवाहरुले बहिस्कार गरेका छन् । बादलले युवासंघको नेतृत्वमा पदाधिकारी र केन्द्रीय कमिटीमा २५ प्रतिशत हिस्सा मागेका छन् । तर बादल समूहलाई एकाध बाहेक पदाधिकारी र केही केन्द्रीय सदस्य मात्र दिने भनेपछि बहिस्कार गरेका छन् । बादल समूहका युवाहरुका नेता बिरु तमाङले युवासंघमा आफूहरुको सम्मानजनक हैसियत हुनुपर्ने माग गरेको तर एक्लौटी गरेपछि सहभागी नभएको बताएका छन् ।

युवासंघका एक पदाधिकारीले ५५ सदस्यीय पदाधिकारीमा केही सिट बादल समूहका लागि खाली राखिएको बताएका छन् । तर बादल समूह भने सम्मानजनक हैसियत नदिए नजाने अडानमा छ । बादल समूहलाई चित्त बुझाउन पदाधिकारीको संख्या ७० पनि पुग्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..