आम हडतालका कारण जनजीवन प्रभावित

  • रोहित कुमार मण्डल

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै (प्रचण्ड – माधव ) नेतृत्वको नेकपाले आह्वान गरेको एक दिने नेपाल बन्दका कारण तराइ मधेशको जनजीवन समेत प्रभावित भएको छ ।

पूर्व पश्चिम लोकराजमार्गमा यातायातका सवारी साधन चलेका छैन भने छिटफुट रुपमा मोटरसाइकल तथा साइकल मात्र चलेका छन भने एम्बुलेन्स, जयन्तीका गाडी मात्र चलेक छन् । अस्थायी ट्राफिक प्रंहरी पोष्ट कदमाहाका अनुसार, लामो तथा छोटो दूरीका यातायात साधन पुर्ण रुपमा ठप्प छन् । सिरहा , सप्तरी तथा उदयपुरबाट कुनै पनि भाडाका सवारी साधन नचलेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाले जनाएका छन् ।

सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित लहान तथा सिरहा सदरमुकाम सिरहा, गोलबजार, मिर्चैयाका बजारहरु, शैक्षिक संस्था तथा पसलहरु पूर्ण रुपमा पनि बन्द रहेका छन् भने औषधि पसल तथा होटलहरु खुल्ला रहेका छन् ।

लोकराजमार्गको सडक खण्डमा सवारी साधनका यातायात नचल्दा सुनसान देखिन्छ भने छिटफुट रुपमा मोटरसाइकल तथा साइकल मात्र चलेका छन । कुनै अप्रिय घटना हुन नदिन ठाँउ ठाँउमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..