मिटरब्याज गिरोहका नाइके मन्टु थुनामा

सुन्सरी । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयारलाई न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा १३ थान मुद्दामा मन्टुलाई थुनामा राख्न आदेश भएको हो।वादी नेपाल सरकार र प्रतिवादी मन्टु पक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार थान मुद्दामा भने धरौटीवापत अदालतले रकम माग गरेको छ। दाहालले चार थान मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी अदालतले तोकेको जानकारी दिए। धरौटी रकम नबुझाएका उनी अदालतको आदेश अनुसार १३ थान मुद्दामा भने सोमबार कारागार चलान भएको दाहालले बताए।

उनका अनुसार जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ वादी भएको मुद्दामा दुई लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा तीन लाख २० हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ।


मन्टु विराटनगर महानगरपालिका–९ घोघापुल चोकका हुन् । अलगअलग जाहेरीका आधारमा ठगी र अपराधिक लाभ लिएको कसूरमा १७ वटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीको इजलासले १३ वटामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतका स्रेस्तेदार राजकुमार दाहालले पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा मन्टुलाई थुनामा राख्न आदेश भएको जानकारी दिए ।

मिटरब्याजमा लगानी गरी मन्टुले सर्वसाधारणसँग करोडौँ रुपैयाँ असुली गरेको खुलेपछि १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीको अनुसन्धानलाई आधार बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर उनीविरुद्ध माघ १२ गते ठगी र अपराधिक लाभ लिएको कसूरमा अदालतमा मुद्दा दर्ता गरेको हो ।नक्कली कपाली तमसुक बनाउँदै सर्वसाधारणको घरजग्गा धितो पास गराएर मनमौजी चर्को ब्याज लिइरहेका मन्टुले १७ जनालाई ९२ लाख ८८ हजार रुपैयाँ कर्जा दिएको देखिन्छ । तर सबैसँग गरेर सात करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुल्यो ।

मिटरब्याजमा ऋण दिएकोभन्दा अत्याधिक धेरै रकम असुली गरिसक्दा पनि पीडितहरुसँग अझै एक करोड ३८ लाख ९८ हजार चार सय रुपैयाँ माग गरेको पाइएको छ । मन्टुले आफ्नो नाममा ४३ र श्रीमती ज्योतिको नाममा ३३ वटा कित्ता सर्वसाधारणको जग्गा अवैध रुपमा पास गराएको फेला परेको छ । लगानी गर्दा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने कानुनी प्रावधान छ । तर, मन्टुले ऋण दिएपछि सर्वसाधरणसँग ६–६ महिनाभित्र तिरेमा सयकडा तीन अर्थात् वार्षिक ३६ प्रतिशत ब्याज लिने र यदि ६ महिनाभन्दा बढी लगाएमा प्रत्येक ६–६ महिनामा ब्याज साँवामा जोडी सयकडा पाँच अर्थात् वार्षिक ५६ प्रतिशत गर्दै बढाउने गरेको अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ । १७ वटा अलगअलग मुद्दाको अभियोगपत्रमार्फत मिटर ब्याजी मन्टुविरुद्ध एक करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत माग दाबी गरिएको छ ।


सर्वसाधारणलाई ठगी गरिरहेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा उनले चलाइरहेको मिटरब्याजको धन्दा पत्ता लागेको हो । अवैध मानिएको मिटरब्याजमा थोरै पैसा लगानी गरेर चर्को ब्याजसहित धेरै रकम असुल्ने गिरोहका नाइके मन्टु रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनलाई सुरुमा प्रहरीले मंसिर २९ गते पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालेको थियो । त्यो मुद्दामा धरौटीमा छुटेका उनीविरुद्ध मिटरब्याजका नाममा ठगीमा परेका सर्वसाधारणले जाहेरी दिएपछि पुनः प्रहरीले पुस १६ गते पक्राउ गरेर ठगी र अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको थियो । मन्टुबाट विराटनगरसहित मोरङको धनपालथान, जहदा, रंगेली, रतुवामाई लगायतका स्थानमा बसोबास गर्ने सर्वसाधारण पीडित भएको प्रहरीले जनाएको छ । एसपी खड्काले पीडितको जाहेरीका आधारमा धाकधम्की दिँदै अकुत ब्याज असुलेर अपराधिक गिरोह चलाइरहेका मन्टुविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा पनि चलाइने बताए । सम्पत्ति शुद्धिकरण विभागमा कारबाहीका लागि बुझाउनलाई उनले प्रयोग गर्ने बैंक खाता जुटाउँदै जम्मा रहेको रकमका बारेमा बुझ्ने र मालपोत कार्यालयमार्फत जग्गाको थप विवरण माग्ने काम भइरहेको जानकारी उनले दिए । १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै उनीविरुद्ध माघ १२ गते ठगी र अपराधिक लाभ लिएको कसूरमा अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..