हत्या अभियोगमा २० वर्ष कैद सजाए पाएका फरार प्रतिवादीझण्डै १४ बर्ष पछि पक्राउ


जनकपुर । झण्डै १४ वर्षअघि छिमेकी महिलाको हत्या गरेको अभियोगमा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार भएका व्यक्तिलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ घर भई हाल धनुषाको जनकपुरधाम उपमहानरपालिका-२१ बस्ने शंकर साह छन् ।

साहलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा महोत्तरी तथा धनुषा जिल्लाको सीमा क्षेत्रमा पर्ने सडकबाट पक्राउ गरिएको हो ।पक्राउ परेका उनलाई महोत्तरी जिल्ला अदालतमा पेस गरिएकोमा कोरोना भाइरस परीक्षण पश्चात पुनः पेस गर्ने गरी अहिले कार्यालयको हिरासतमा राखिएको महोत्तरी प्रहरीले जनाएको छ ।

साहसहित साविक महदैया तपनपुर गाविस-५ का राजु सहनीकी पत्नी बिना देवी सहनीलाई घरायसी विवादमा बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद र जरिवाना तोकेको थियो ।२०६४ साल भदौ १३ गते साहसहित बिनाका ससुरा शंकर सहनी, सासु चन्दर देवी, देबर राजकुमार सहनी, छिमेकी बली साह मिलेर हत्या गरेका थिए । यसमध्ये ससुरा शंकर, सासु चन्दर देवीलाई २० वर्ष कैद र देवरलाई १५ वर्ष कैद तथा ३० रुपैयाँ जरिवाा तोकिएको छ । छिमेकी बलीको भने मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।


हत्यमा संलग्न छिमेकी साह पक्राउ परेपनि अन्य व्यक्तिहरु फरारै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..