प्रधानमन्त्री ओली धनुषा आउँदै

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओली  विद्युत सवस्टेशनको उद्घाटन गर्न भोलि धनुषा आउने भएका छन्। ढल्केवरमा नयाँ निर्माणाधीन ४०० केभी क्षमता भएको विद्युत सवस्टेशनको उद्दघाटन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्।

नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने भएपछि स्वागतको तयारीमा विद्युतका कर्मचारी तीब्र रुपमा जुटेका छन्।

उद्घाटन पश्चात प्रधानमन्त्री ओलीले मन्तव्य दिने कार्यक्रम रहेको स्वागत तयारीको जिम्मेवारी पाएका कर्मचारी रविन्द्र रायले जानकारी दिनुभयो । उनले भने, ‘त्यही भएर मञ्च निर्माणको तयारी गरिरहेका छौं।’उद्घाटन कार्यक्रममा करिब १० हजारको संख्यामा मानिसको उपस्थित रहेने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..