प्रम ओलीसहित ४ जना मन्त्रीले आज चितवनमा सम्बोधन गर्ने,प्रचण्ड- नेपालसमूहले विरोध गर्ने

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न ४ विभागीय मन्त्रीसहित शनिवार चितवमा सम्वोधन गर्नु हुने भएको छ । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लाग्नुभएको छ । उहाँले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि हो ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने कार्यक्रम छ । यतिका धेरै मन्त्री एकैपटक चितवन आउन लागेको यो पहिलोपटक हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली पक्षकी नेतृ एवम् राष्ट्रिय सभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेट नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा केहीबेर आराम गर्ने र त्यसलगत्तै भरतपुरको बाइपास सडक नजिक बन्न लागेको बहुउद्देश्यीय सिटी हलको शिलान्यास गर्ने कार्यक्रम छ ।

सो शिलान्यास सकेपछि प्रधानमन्त्री ओली भरतपुर केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षले गरेको छ ।

ओली पक्षकी नेता एवम् नेकपा केन्द्रीय सदस्य पार्वती रावलले चितवनका हरेक वडावडामा कार्यक्रममा सहभागिता जनाउन जनपरिचालन गरिएको जानकारी दिनु भयो ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको सिटी हल र नारायणगढ–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । उनीहरुले क्षेत्राधिकार मिचेर शिलान्यास गर्न लागेको, निर्वाचन आचारसंहिता लागेको, सरकार कामचलाउ भएकाले शिलान्यास गर्न नपाउने दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..