फरार अभियुक्तलाई धमाधम फूलमाला, हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म प्रधानमन्त्री ओली समूहमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए ।

खाम पूर्वमाओवादी लडाकुमात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो । तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखामा काठमाडौँ कोटेश्वरका रामहरि श्रेष्ठ हत्यामा अदालतले दोषी किटान गरेका व्यक्त हुन् खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लात्हीका शिवपूजजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिएका थिए । निर्वाचन आयोगले रातो पासपोर्ट कान्डमा दोषी रहेको भन्दै अन्तिम समयमा उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपमा प्रवेश गरेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मञ्चबाटै रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री पोखेरलले फूलमाला लगाएर स्वागत गरे ।

गौरहत्याकान्डमा दोषी किटान भएका र नेपाल र भारतमा समेत दर्जनौँ मुद्दा खेपिरहेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..