नेपाली सेनाको इतिहास

नेपाली सेना दक्षिण एशियाको सबैभन्दा पुरानो सेना हो, यो सेना नेपाल एकीकरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए । नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ । साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौंडा, उपत्यका (सिंह दरबार), पोखरा, सुर्खेत तथा दिपायलमा रहेका छन्, नेपाली सेनाका बाहिनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन् ।

नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्गहरू देशका प्रायः सबै भागमा रहेका छन् । त्यसै गरी राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेशन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सुरक्षामा संलग्न रहँदै आएको छ त्यसबाहेक अन्य विकास निर्माण तथा प्राकृतिक विपत्तिमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो ।

नेपाली सेनाको संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ । यसको शुरूवात पाँच सैनिक पर्यवेक्षकको मध्यपूर्वको लेवनानमा १९५८ को खटनपछि भएको हो । पहिलो शान्ति सैनिक टोलीको रूपमा १९७४ मा इजिप्टको सिन्हाइमा पुरानो गोरख गणको तैनाथीपछि शुरूवात भएको हो । नेपालले संयुक्त राष्ट्र संघ शान्ति सेनामा सहभागिता जनाउन लागेको ५० वर्ष नाघिसकेको छ । नेपाली सेनाले भाग लिएका शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसन र भूमिका उल्लेखनीय छन् । नेपाली सेनाले फोर्स कमान्डर, विशेष सैनिक अधिकृत तथा सैनिक पर्यवेक्षकका महत्वपूर्ण भूमिका दक्षतासाथ पूरा गरेको छ ।

नेपाली सेनाले केही अत्यन्त विकट र प्रतिकूल स्थानमा समेत शान्ति स्थापनार्थ ठूलो भूमिका निर्वाह गरेको छ । खासगरी युद्धग्रस्त अफ्रिकी देशहरूको अमनचैन कायम गर्न तथा स्थानीय स्तरमा पु¥याइरहेको भूमिका सराहनीय रहेको छ । आफ्नो जिउज्यानको बाजी लगाएर पनि नेपाली सैनिकहरू संयुक्त राष्ट्रसंघिय अभियानमा दक्षतापूर्वक लागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

लहान । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन अन्तर्गत सिन्धुलीको ईलाका प्रहरी कार्यालय डकाहा मातहत रहेको प्रहरी चौकी हर्षाही जगाडीको निरीक्षण तथा अनुगमन सम्पन्न । नेपाल..