एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

कारागारमा १५ वर्ष ८ महिना १ दिन कैद सजाय भोगिरहेका चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी ठेगाना भएका ४७ वर्षीय नारायण घिमिरे २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा फरार भएका थिए।

फरार प्रतिवादीको खोजतलासका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीको कमान्डमा परिचालित प्रहरी टोलीले २०८३ कात्तिक १२ गते बिहान १० बजे मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, चैलेस्थित लिवन होटल एण्ड रेष्टुरेन्टमा लुकीछिपी बसेको अवस्थामा घिमिरेलाई पक्राउ गरेको हो।

पक्राउ परेका घिमिरेलाई बाँकी १२ वर्ष कैद सजाय भुक्तानका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..