संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको बताउनुभएको छ ।उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरूपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरूको देशमा गएर नोकर हुनुबाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताउनु भयो ।

असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उहाँको भनाइ छ ।
उहाँले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताउनु भयो । नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि उहाँले दाबी गर्नुभयो ।

राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरू लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उहाँको आरोप छ । नेपालीहरूले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरू उठाइरहेको र अब बिस्तारै सफल हुने उहाँले दाबी गर्नुभयो ।बर्खापछि राष्ट्रवादी शक्तिहरू एकसाथ भएर अघि बढ्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..