ब्राउनसुगर पुर्याउन आएका २ भारतीय विराटनगरबाट पक्राउ

विराटनगर । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका- १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् । उनीहरू ब्राउनसुगर पुर्याउनका लागि विराटनगर आएका थिए ।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा मो सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो ।

बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..