आज स्वदेश फर्किंदै प्रधानमन्त्री ‍‌‍ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै छन् ।प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने लागेका हुन् ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान गएका थिए ।नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना भएको थियो ।

सो सम्मेलनमा २१ गते कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्। उनले संयुक्त राष्ट्रसंघका उपमहासचिव रबाब फातिमासहित विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..