एमालेको संरक्षणमा अपराध गर्दै आएका कुख्यात गुन्डा नाइके चक्रे ठूलो ग्याङसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले कुख्यात गुण्डा नाइके मिलन चक्रे (मिलन गुरुङ)लाई ठूलो ग्याङसहित पक्राउ गरेको छ ।

बिहीबार राति काठमाडौंको महाराजगञ्जस्थित सम्बाला होटलमा गुन्डा नाइके चक्रेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चक्रसँगै झण्डै ५० जना गुन्डा, विभिन्न अपराधमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । एमालेका केही नेताहरूको संरक्षणमा चक्रेले अपराधका कार्यहरू गर्दै आएका छन् । चक्रेले काठमाडौं उपत्यकामा कमाइ गरेको अबैध पैसालाई बाँके, दाङ लगायतका जिल्लामा आफ्ना समर्थकहरूमार्फत लगानी गरेका छन् । राप्ती नदीको बालुवा, ढुङ्गामा चक्रेको लगानी रहेका छन् ।

महाराजगञ्जमा रहेको साम्बाला होटलमा चक्रे विभिन्न अपराधका साथै गुण्डागर्दीमा संलग्नहरूलाई राखेर बर्थडेपार्टी मनाउन लागेका थिए । चक्रेको बर्थडेपार्टीमा मोस्टवान्टेडहरू गुन्डाहरू पनि संलग्न रहेको सूचना पाएपछि प्रहरीले छापामारेर पक्राउ गरेको थियो ।

कुख्यात गुन्डा नाइके चक्रे मिलन यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगञ्ज क्षेत्रबाट पक्राउ परेर छुटेका थिए ।

महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताएका छन् । अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिइएको तामाङले बताएका छन् ।

यसअघि, प्रहरीले साउन १५ गते बुधबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..