युनिग्लोब हाइयर सेकेन्डरी स्कुललाई २ लाख बढी जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले युनिग्लोब हाइयर सेकेन्डरी स्कुल र प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई कारबाही गरेको छ ।विभागको अनुगमन टोलीले आइतबार नियमित अनुगमन अन्तर्गत काठमाडौं महानगरपालिका–२८ मा रहेको युनिग्लोब हाइयर सेकेन्डरी स्कुललाई २ लाख ५ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका–१६ मा रहेको प्रेसिडेन्सियल अब्रोड एकेडेमी प्रालिलाई १ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

विभागका वरिष्ठ निरीक्षण अधिकृत अमित झाका अनुसार युनिग्लोब स्कुलमा एक विद्यार्थीले अध्ययनका लागि सिट बुकिङ गर्न भनेर २० हजार रुपैयाँ बुझाएका थिए । पछि ती विद्यार्थीले अर्काे कलेजमा पूर्णछात्रवृत्ति पाएपछि २० हजार फिर्ता माग्दा नदिएर आलटाल गरेको भन्दै विभागमा उजुरी गरेका थिए ।

विद्याथीले उक्त स्कुलबाट कुनै सेवा सुविधा नै नलिएपछि पनि स्कुलले पैसा लिएर फिर्ता नगरेपछि उक्त जरिबाना तिराइएको निरीक्षण अधिकृत झाले बताए ।

युनिग्लोब स्कुललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम जरिबाना तिराइएको विभागले जनाएको छ ।यस्तै प्रेसिडेन्सियल अब्रोड एकेडेमीलाई भने शिक्षा मन्त्रालयबाट इजाजत नलिई कन्सल्टेन्सी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनले बताए ।

यस्तै विभागले आज अनुगमन गरेको काठमाडौं–१६ को भ्याली इन्टरनेसनल इन्स्टिच्युट अफ स्टडी अब्रोड प्रालि, क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी, छाङमी एजुकेसन प्रालि, काठमाडौं–२८ को जेएनजे एजुकेसन प्रालि, गेट थ्रु गाइड इन्टरनेसनल प्रालि, एचआईके भिजन, काठमाडौं–३१ को नमस्ते युनिफर्म एन्ड सप्लायर्स प्रालि र ललितपुरको फाइभ स्टार रेस्टुरेन्ट एन्ड बार प्रालिलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।यस्तै ४ उद्योग तथा फर्मलाई भने सामान्य निर्देशन मात्रै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..