अपराध १.२३ प्रतिशतले घट्यो

काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रहरीमा मुद्दा दर्ता हुने दर घटेको छ ।आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२३ प्रतिशतले मुद्दा दर्ताको दर घटेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार भएको पत्रकार सम्मलेनमा प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा दर्ताको दर घटेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभरका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको संख्या ५९ हजार २०३ थियो । तर आर्थिक वर्ष २०८१/८२ मा भने यो संख्या घटेर ५८ हजार ४७२ मा झरेको उनले बताए ।

पछिल्लो आर्थिक वर्षमा उकालो लागेको अपराधको ग्राफ आर्थिक वर्ष २०८१÷८२ मा भने केही घटेको हो ।यसअघि आर्थिक वर्ष २०७८÷७९ मा ४६ हजार ९०२ र आर्थिक वर्ष २०७९÷८० मा ५६ हजार ३२३ वटा अपराधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..