सिरहा कारागारमा कैदीबन्दीबिच कुटाकुट, १३ जना घाइते

सिरहा । सिरहा कारागारमा बन्दीहरूबिच कुटाकुट भएको छ। आइतबार करिब ४ बजेतिर कैदी बन्दीहरूबिच कुटाकुट भएको हाे।

कुटाकुटबाट दुबै पक्षका १३ जना घाइते भएको प्रारम्भिक सूचना पाएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनु भयो । उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ।

‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ,’ उनले भने, ‘अवस्था सामान्य नै भन्ने छ ।’घटनाबारे प्रारम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको उनले जानकारी दिए ।

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशंकामा जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदीबन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो ।

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदी बन्दीबिच दोहोरो झडप भएको हो । झडपको विषयमा कारागार प्रमुख सुबोध महतो बोल्नै चाहेनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..