पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अनुसार पार्टी पोलिटव्यूरो बैठकको निर्णयअनुसार ओली–भण्डारीबीच भेटवार्ता भएको हो ।

‘हिजोको पोलिटव्यूरो बैठकले गरेको निर्णयका आधारमा हाम्रो पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र पूर्वराष्ट्रपतिज्यूको बीचमा भेटघाट भएको हो,’ उनले भने, ‘उहाँको पार्टी सदस्यताको कुरा, पार्टीमा आउने विषयको कुरा । यी विषयहरुमा छलफल गर्ने भनेर हिजो निर्णय गरिएको थियो । यिनै विषयमा केन्द्रीत होला भन्छु है मैले ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको पार्टी सदस्यता एक वर्ष पहिला नै नवीकरण भइसकेको बताए । उनले पार्टी महासचिव शंकर पोखरेलले नै भण्डारीको पार्टी सदस्यता नवीकरण गरिएको बारे एक अन्तरवार्तामा भनिसकेको पनि उनले बताए । ‘संघर्ष गर्नुपर्ने कुरा नै होइन । सदस्यता नवीकरण गरिसकेको कुरा त हाम्रो पार्टीको महासचिवजीले नै कुनै अन्तरवार्तामा भनिसक्नुभएको छ,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

अब जिम्मेवारीको कुरा कहाँ, के कसो भन्ने चाहिँ सल्लाह र परामर्शबाट टुङ्गो लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..