मधेश प्रदेशका नयाँ डिआईजी आचार्यको निर्देशन: सीमाबाट हुने तस्करीमा संलग्न प्रहरीमाथि कडा कारवाही हुने

जनकपुर । मधेश प्रदेशका नव नियुक्त प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमणि आचार्यले कार्यभार सम्हाले लगत्तै मातहतका प्रहरीलाई सीमाबाट हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन्। उनले मधेश प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीहरुलाई तस्करी नियन्त्रण गर्न कडा कदम चाल्न भनेका छन्।

डिआईजी आचार्यले नेपाल-भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरीको संलग्नता भेटिए तुरुन्तै कारवाही गर्ने चेतावनी दिएका छन्। उनले भने, “खुला सीमाका कारण तस्करी भइरहेको छ। यसलाई नियन्त्रण गर्न म सबै मातहतका प्रहरी निकायलाई निर्देशन दिइसकेको छु। कुनै पनि प्रमाण भेटिएमा सम्बन्धित प्रहरी इन्चार्जमाथि तुरुन्त कारवाही हुनेछ।”

डिआईजी आचार्यले कनिष्ठ प्रहरी कर्मचारीभन्दा इन्चार्जलाई नै जिम्मेवार ठहराउने बताएका छन्। उनले तस्करीमा संलग्न प्रहरी अधिकारीहरूमाथि कडा छानबिन गर्ने र दोषी पाइए कडा कारवाही गरिने जनाएका छन्।

यसअघि २०७४ सालमा धनुषा जिल्लामा एसपीको रुपमा कार्यरत रहँदा आचार्यले सीमामा हुने तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका थिए। डिआईजीमा बढुवा भएपछि आचार्य मधेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै सीमा सुरक्षालाई अझ सुदृढ पार्ने लक्ष्यमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..