श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

काठमाडौं । श्रीलङ्काले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।

श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मङ्गलबार देशले बाहिरबाट ३० जना श्रीलङ्काली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन् ।

यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स (युएई) र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जनाकारी गराएका छन ।

श्रीलङ्का सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न ’रेड नोटिस’ प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताए ।

मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलङ्का छोडेका थिए । श्रीलङ्बामा रहँदा पनि उनीहरू सङ्गठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..