सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।


उहाँले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १२ गते शुभकामना दिनुहुँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा समेत नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद विपद्मा परेकाहरुको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो ।


उहाँले सुरक्षा आफैमा जटिल, संवेदनशील र चुनौतीपूर्ण हुनेहुँदा सुरक्षासँग सरोकार राख्ने अन्य निकायसँग समन्वय गरी चाडपर्वका वेला सजकताकासाथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने बताउनुभयो ।


महानिरीक्षक अर्यालले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षका लागि देशका विभिन्न नाकाहरुमा आवश्यकता अनुसार सहायता कक्ष स्थापना गरी देश र आम नागरिकको सेवा, सुरक्षमा निःस्वार्थभावले सेवा प्रदान गर्न कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।


उक्त शुभकामना सन्देश देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..