सशस्त्र प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट विना धितो १५ लाख ऋण पाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ ।

बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाहरु निःशुल्करुपमा प्राप्त गर्नेछन् भने त्यसपछि पनि उनीहरुले न्यून शुल्कमा उनीहरुले सो सेवा पाउने भएका हुन् । 

मंगलबार   सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा लगायतका विविध बैंकिङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो । 

 सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा बैंकका सीईओ किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट सहायक सीईओ प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु  मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौतासँगै सशस्त्र प्रहरीले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा
सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए । 

बैंकका सीईओ श्रेष्ठले सशस्त्र प्रहरीसँग सहकार्य गर्न पाउँदा आफूहरु निर्क हर्षित रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..