राजु अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ ।

गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् । उनले अब १९ वैशाखदेखि चार वर्षका लागि सशस्त्र प्रहरीको नेतृत्व लिने छन् । सशस्त्र प्रहरी महानिरीक्षकको हालको चार बर्से पदावधिअनुसार उनी १८ वैशाख २०८३ सम्म नेतृत्वमा रहने छन् ।

एआईजीमा सिफारिस डीआईजी अर्याल वरिष्ठताका आधारमा पहिलो नम्बरमा थिए । पेशाप्रति निडर, इमान्दार र व्यवसायिक छबी बनाएका अर्याल अबको केही दिनमै छोटो समय एक साताभन्दा कम समयका लागि एआईजी बन्नेछन् । वर्तमान महानिरीक्षक पुष्पराम केसीको २० दिने कार्यकाल १८ वैशाखमा सकिएपछि उनको काँधमा सशस्त्रको नेतृत्व जानेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..