सशस्त्रमा पाँच डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।

सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् । यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा. रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई. सन्दीप थापा सिफारिस भएका छन् । बढुवा समितिका अनुसार बढुवा सिफारिसमाथि चित्त नबुझ्ने एसएसपीहरुले सशस्त्र प्रहरीको नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवामाथिको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..