सशस्त्रका हवल्दारसहित ११ जना खैरो हेरोइन कारोबारी पक्राउ


काठमाडौं । काठमाडौंबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध (खैरो हेरोइन) सहित ११ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ३२२ दशमलव ६ ग्राम खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण व्युरोका एसपी जीवनकुमार श्रेष्ठले बताए ।


खैरो हेरोइन कारोबार गरेको आरोपमा सशस्त्र प्रहरी बलका एकजना हवल्दारलाई पनि ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका वर्ष २८ का सुनिल ताजपुरिया, भारत घर भएका श्यामल सिंह उर्फ श्याम र मोरङ घर भएका ३९ वर्षीय खगेन्द्र भुजेल छन् । मोरङका दुलारी घर भएका भुजेल सशस्त्र प्रहरीका हवल्दार हुन् ।

सशस्त्र प्रहरी बल गण नम्बर–२ झापामा कार्यरत भुजेल पनि लागु औषध कारोबारमा संलग्न देखिएको ब्यूरोले जनाएको छ ।त्यस्तै, पक्राउ पर्नेमा म्याग्दी घर भएका लालबहादुर बुढाथोकी, दोलखा घर भएका कौशल बस्नेत, सिन्धुपाल्चोक घर भएका समिर घले गुरुङ, झापाका अन्जान राई र उनका सहयोगी झापाका संजय लक्सम्बा लिम्बु छन् ।

त्यस्तै, झापा घर भएका २९ वर्षीय अजय तामाङ उर्फ कर्मा, झापाकै २८ वर्षीय पुकार गुरुङ, ३० वर्षीय प्रविन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । बयानका आधारमा पुकार र प्रविनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..