सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच

काठमाडौं। सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्काे परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयाेगले गरेकाे छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्काे परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ । त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए।

सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेटर गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तरपुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नााम लेखेर उत्तरपुस्तिका बुझाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..