अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको : नेता आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरी आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा नरहरी आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असीमित देखिएको र मितव्ययी हुन नसकेको बताएका हुन् ।

उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको चाल पनि गतिलो नरहेको जिकिर गरे । त्यस्तै उनले संविधानमा उल्लेख बिषयलाई आवश्यक कानून निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए ।संघले प्रदेशका लागि बनाउनुपर्ने कानून पनि बनाउन नसक्नु दुखको बिषय रहेको उनको भनाइ छ ।

उनले संविधानले व्यवस्था गरेका अधिकारलाई कानून बनाएर लागू गर्नुपर्ने भन्दै त्यो अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..