नर्सिङ होमका भ्रष्टाचार उजागर गर्दै आएका भारतीय पत्रकारको हत्या

काठमाडौं । भारत बिहारको बेनीपट्टी जिल्लाका अस्पताल र नर्सिङ होमको भ्रष्टाचार उजागर गर्दै आएका स्थानीय एक पत्रकार बुद्धिनाथ झाको हत्या भएको छ । परिवारका सदस्यहरुले अस्पताल सञ्चालकले नै उनको हत्या गराएको दाबी गरेका छन् ।

मधुबनी जिल्लाको बेनीपट्टी इलाका प्रहरीका इञ्चार्ज अरविन्द कुमारले २२ वर्षीय झाको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार झाको शव आधा जलेको अवस्थामा फेला परेको छ । उनका अनुसार हत्याको अनुसन्धान गर्न केही व्यक्तिलाई हिरासतमा लिइएको छ ।
पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा काम गर्दथे । बेनीपट्टीमै घर भएका झा दुई वर्षदेखि पत्रकारीतामा रुपमा सक्रिय थिए ।
उनको अपहरणपछि हत्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन् । ९ नोभेम्बरमा अपहरण भएको र १२ नोभेम्बरमा उनको शव फेला परेको उनले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

त्रिलोकका अनुसार बुद्धिनाथले सुरुमा क्लिनिक खोलेका थिए । त्यहाँ बाहिरबाट आएका डाक्टरहरुले स्थानीयको उपचार गर्दथे । तर स्थानीय नर्सिङ होम सन्चालकहरुले अति दुःख दिएपछि उनी क्लिनिक बन्द गर्न बाध्य भए । त्यसैबेलादेखि उनी पत्रकारितामा सक्रिय भएको र नर्सिङ होम तथा अस्पतालका गलत क्रियाकलापको मिडियामार्फत् उजागर गर्न सुरु गरेको परिवारका सदस्यहरुले बताएका छन् ।
उनले सरकारी निकायहरुमा पनि नर्सिङ होम, प्याथ ल्याब र अस्पतालका गलत क्रियाकलापका सूचनाहरु दिने गर्दथे । सोही सूचनाको आधारमा सरकारले बेनीपट्टी र धकजरीका १९ ल्याब र नर्सिङ होमलाई बन्द गराएको थियो ।

उनले ७ नोभेम्बरको दिन फेसबुकमा ‘खेल अब सुरु हुनेवाला छ…।’ लेखेर पोष्ट गरेको र त्यसको दुई दिनपछि राति करिब १० बजेतिर उनको अपहरण भएको र त्यसपछि हत्या भएको परिवारका सदस्यहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..