अमेरिकी पेस्तोलसहित लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तु । अमेरिकी पेस्तोलसहित एक लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै एक थान मोवाईल, ४ थान पेनड्राइभ र उक थान वाईफाई स्पिडर समेत बरामद गरिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..