बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति सुनसरीबाट पक्राउ


सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकी छिन् ।

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा साहलाई १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
साहलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले सोमबार सुनसरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..