गहना चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ


काठमाडौं । विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय हरिप्रसाद रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो ।


कमल र धनलालले विभिन्न सहकारी संस्थाको कार्यालय तथा मानिसहरु नभएको मौका छोपी विभिन्न व्यक्तिका घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर ल्याउने र हरिप्रसादले खरिद गर्ने गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गहना र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..