बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ


कास्की । पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले रोबर्टमाथि अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..