गिलेन भित्र लुकाएर लागूऔषध तस्करी , ९७ बोतल लागू औषध बरामद

विराटनगर । गिलेनमा लुकाएर तस्करी गरिएको अवस्थामा इनरुवाको सखुवागाछीबाट ९७ बोतल डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको छ ।प्रहरीले इनरुवा ३ सखुवागाछी चोकबाट गिलेनमा लुकाइएको लागूऔषध बरामद गरेको हो । प्रहरीले को २६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो ।

सुनसरी प्रहरीले शंकाका आधारमा मोटरसाइकल चेकजाँचको लागि रोक्ने क्रममा चालक र पछाडी सवार व्यक्ति भने भागेका छन । मोटरसाइकल छाडेर भागेका उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता नरेन्द्र कार्कीका अनुसार चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडी बस्ने व्यक्तिले दुईवटा गिलेन बोकेका थिए । शंका लागेर चेकजाँचको लागि रोक्ने क्रममा मोटसाइकल हुत्याएर उनीहरु भागेका हुन ।

सो क्रममा मोटरसाइकल र गिलेन भने उनीहरुले छाडेको प्रहरीले जनाएको छ । बरामद गिलेन खोलेर हेर्दा प्लाष्टिकले बाँधिएको अवस्थामा भित्र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका भनेको छ । उसले फरार व्यक्ति कारोबारी भए नभएको अनुसन्धान पश्चात खुल्ने बताएपनि प्रहरीलाई झुक्याउन गिलेनमा लागुऔषध राखेर ओसारपसार गर्ने गरिएको हुन सक्ने अनुमान लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..