संखुवासभाको सामुहिक हत्याकाण्डका सबै अभियुक्तलाई थुनामा

चैनपुर । सङ्खुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न सबै अभियुक्तहरुलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको छ ।अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशमा सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र अभियुक्त लोकबहादुरका १७ वर्षीय भाई नरेश कार्की बालक भएको ठहर गर्दै उनलाई बाल सुधार गृह बिराटनगर पठाउन भनिएको छ ।


गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं. १ उम्लिङस्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।घटना घटेको केही समयपछि लोकबहादुर कार्की पक्राउ परेका थिए । सुरुमा घटनाका योजनाकार उनी आफैँ रहेको प्रहरीको निष्कर्ष थियो ।

तर, पछि मृतक रञ्जना कार्कीको हराएको मोबाइल फोनले बाँकी अभियुक्तहरु पक्रन प्रहरी सफल भएको थियो ।घटनामा तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमति कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको विभत्स हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..