स्रोत नखुलेको २२ लाख ९१ हजारसहित युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–९ धमौली घर भएका २२ वर्षीय जीवनप्रसाद भुसाल छन् ।


पक्राउ गरिएका भुसालको साथबाट २२ लाख ९१ हजार ८ सय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए । सो रकम अवैध हुण्डीको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

भुसाललाई रकमसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..