मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा पक्राउ

वीरगञ्ज । मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट एकजना लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–८ घर भएका ३० वर्षीय रोहित शाह कानुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए ।

शाहले धेरै नाफा कमाउन ‘चाटकर बिएमपी स्पाइसिज’ उद्योगको नक्कली ट्रेडमार्क बनाएर आफूले उत्पादन गरेको मसलाको प्याकेटमा टाँसेर बेचेको आरोप छ । वीरगञ्जमा शाहको अन्नपूर्ण मसला उद्योग छ । ‘चाटकर बिएमपी स्पाइसिज’ नामक मसला उद्योग पनि वीरगञ्जमा सञ्चालित छ ।

सो उद्योगको ट्रेडमार्क र डिजाइनको प्रतिलिपि उत्पादन गरेको मसलाको प्याकेटमा टाँस भेटिएपछि प्रहरीले उनीविरुद्ध प्रतिलिपि अधिकार ऐन–२०५९ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ ।


शाहले सञ्चालन गरेको अन्नपूर्ण मसला उद्योगबाट ‘चाटकर बिएमपी स्पाइसिज’को लेबल लगाएको ६५४ पोका मसाला र १० बोरा कच्चा सामग्री बरामद गरिएको छ । उद्योगबाट लेबलिङ गर्ने मेशिन पनि बरामद गरिएको डिएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..