स्वचालित पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ

काठमाडौं । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित काठमाडौंमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–३ बस्ने २४ वर्षीय सोनाम तामाङ छन्।

उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले छाउनी क्षेत्रबाट पक्राउ गरेको हो। उनको साथबाट मेड इन जमर्नी लेखिएको अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको सशस्त्रले जनाएको छ।


बा ४९ प ७५६५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई शंका लागेर जाँच गर्दा उक्त पेस्तोल र गोली फेला परेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..