हुण्डी कारोबार गरेको आरोपमावीरगञ्जबाट ६ लाखसहित एकजना पक्राउ

वीरगञ्ज । नेपाल प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गर्दा उनको पाईन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनीविरूद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..