सर्लाही । सरकारी कर्मचारी लागूऔषध सहित पक्राउ परे भन्दा कतिलाई बिश्वास नलाग्न सक्छ । तर सत्य सत्य नै हुन्छ । सर्लाहीका एक कर्मचारी लागूऔषध सहित पक्राउ परेका छन् । स्थानीय धनकाैल गाउँपालिकामा कास पदमा कार्यरत कर्मचारी लागूऔषध सहित पक्राउ परेका हुन ।
जयकिशाेर सिंह नामका ती कर्मचारी ३७१ थान लागूऔषध काेडवेल नामक बाेतल सहित पक्राउ परेका हुन । सशस्त्र प्रहरी बलको मनाेस्मारा स्थित बेशका प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीकाे कमाण्डमा खटिएको प्रहरी टाेलीले यति ठूलो परिमाणकाे लागूऔषध बरामद गर्न सफल भएको हो ।
पक्राउ परेका कर्मचारी जयकिशाेरले दुई नम्बर प्रदेश सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा क का सदस्य एवं महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री बीरेन्द्र सिंहकाे अाफन्त भन्दै पक्राउ परेपछि पनि अाफुलाई कसैले केही गर्न नसक्ने बताउदै उल्टै सशस्त्र प्रहरीलाई धम्क्याउने काम गरेका थिए।
मन्त्री सिंहकाे अाफन्त हुदैमा वा नाम बेच्दैमा लागूऔषध काराेवार गर्न छुट छ र ? तर उनी मन्त्रीकाे अाफन्त समेत नभएको खुलेको छ।सशस्त्र प्रहरीले साेमबार नै अावश्यक कारवाहीका लागि इपका बरहथवा बुझाएको छ।


