प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

सुनसरी । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० बर्षीय नविन चौधरी उनकै ग्यारेजमा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Spaspain – १००० ट्याव्लेट, Opatab-50 – ४०० ट्याव्लेट र Tramadol Hydrochloride -२२ ट्याव्लेट सहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै हिजो राती साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ बर्षीय प्रभु साहलाई Spaspain – १४५ ट्याव्लेट, र Tramadol – १६३ ट्याव्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..